दफा १४
उत्पादनकर्ताले राख्नु पर्ने बिक्री–वितरण सम्बन्धी अभिलेख
उत्पादन भएको कुनै पनि औषधि बिक्री–वितरणमा पठाउनको लागि सो औषधिको आवश्यक विवरण प्रष्ट बुझ्न सकिने गरी अभिलेख राख्नु पर्दछ । कुनै पनि औषधिको रिकल गर्नु परेमा यस प्रकारको अभिलेखबाट सहयोग पुग्न सक्ने हुनु पर्दछ ।